आइतबार, ०७ साउन २०८०
दोलखा । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ।

आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ रहेका छन्।

प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराई सहित ६४ जना छन्।