निरन्तरको वर्षाका कारण विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन्।
चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ। बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ।
पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ।
