नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
बुधबार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ।
मंगलबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ र बिक्री दर १३१.९० रुपैयाँ थियो। बुधबार यसको खरिद दर १३१.३२ रुपैयाँ र बिक्री दर १३१.९२ रुपैयाँ कायम भएको छ।
त्यस्तै, युरोपियन युरोको विनिमय दर भने घटेको छ। मंगलबार १ युरोको खरिद दर १४४.८९ रुपैयाँ र बिक्री दर १४५.५५ रुपैयाँ थियो। आज यसको खरिद दर १४४.२४ रुपैयाँ र बिक्री दर १४४.९० रुपैयाँ कायम छ।
आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। मंगलबार १ पाउण्ड खरिददर १६८.८९ र बिक्रीदर १६९.६६ रुपैयाँ थियो। बुधबार यसको खरिददर १६८.१९ र बिक्रीदर १६८.९६ रुपैयाँ पुगेको छ।
