शुक्रबार, १९ साउन २०८०, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाका एक बृद्ध आफ्नै नातिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका छन्।
११ बर्षिया नातिनीलाई जवर जस्ती करणी गरेको अभियोगमा तामाकोशी गाउँपालिकाका ७४ बर्षिय बृद्ध पूर्पक्षका लागि थुनामा दगिएको छ। जिल्ला न्यायधीश डिल्लीरत्न श्रेष्ठको इजलासले ति बृद्धलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। गत असार २२ गते गाउँमै बाख्रा चराउन गएकी ११ बर्षिया वालिकालाई ती बृद्धले जवरजस्ती करणी गरेको खलेको थियो। बालिकालाई बलात्कार गरेपछि फरार रहेका पोखरेल थरका ७४ बर्षिय बृद्धलाई दोलखा प्रहरीले भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको थियो। पक्राउ परेका बृद्धमाथि प्रहरीले जवरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान पुरा भएपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत साउन १४ गते दोलखा जिल्ला अदालतमा पेश गरेको थियो।
दोलखाको तामाकोशी गाउँपालिकाका एक बृद्ध आफ्नै नातिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा राखिएको छ। ११ बर्षिया नातिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा तामाकोशी गाउँपालिकाका ७४ बर्षिय बृद्ध पूर्पक्षका लागि थुनामा राखिएको हो। मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई १४ वर्षदेखि १६ वर्षसम्म कैद सजाय हुने भनिएको छ।
अदालतले ति बृद्धलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। असार २२ गते दिउँसो घर नजिकै बाख्रा चराउन गएकी बालिकालाई ती बृद्धले मुखथुनेर बलात्कार गरेको परिवारजनले बताएका छन्। बुबाआमासँग छोरी एक्लै बस्दै आएकी थिईन्। एक जना दाजु विदेश भएको र अर्को दाजु कामको शिलशिलमा जिल्लाबाहिर भएको मौका छोपेर ती बृद्धले बालिका बलात्कार गरेका हुन्। लामो समय भारत बसेर १० बर्षअघि मात्रै गाउँ फर्किएका ती बृद्ध बालिकालाई बलात्कार गरेपछि भारत भाग्नका लागि किर्नेटार हुँदै मन्थलीतर्फ जान लागेका थिए। सोही क्रममा दोलखा प्रहरीले उनलाई पक्राउ गरेको थियो। ११ बर्ष ११ महिनाकी ती बालिका बलात्कारको शिकार भएपछि उनमा मानसिक समस्या समेत देखिएको छ।
मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार १० वर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई १६ वर्षदेखि २० वर्षसम्म, १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुनेछ । यस्तै १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म र १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।