गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैकको नाफा २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ पुगेको थियो।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ। जसले गर्दा बैंकको नाफा बढ्न सहयोग पुगेको छ। बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड ८४ लाख २२ हजार पुगेको छ । यस्तै सञ्चालन नाफा ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रहेको छ।

बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ। बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ५.६४ प्रतिशत रहेको छ। १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ५७ करोड ८९ लाख ३५ हजार रुपैयाँ रहेको छ।