मल्टीपर्पस फाइनान्स कम्पनीले आज भदौ १० गते आइतबारदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको छ।
कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। यसमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
