एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा १०.३५% ले बढेको हो।

बैंकको खुद ब्याज आम्दानी ९.५८% ले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ। साथै, सञ्चालन नाफा पनि १४.४५% बढेपछि खुद नाफामा वृद्धि भएको हो। 

यसको रिजर्भ कोष चुक्ता पुँजी भन्दा बढी देखिएको छ। रिजर्भमा ४६.०४% बढेर १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ। त्यस्तै चुक्ता पुँजी भने ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँमा स्थिर छ । प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ।

अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ कायम भएको छ। यस बैंकको प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ छ।