अमेरिकी डलर र पाउण्डको भाउ बढ्दा युरोको घट्यो


अनलाईन बुलेटिन संवाददाता

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

बुधबार अमेरिकी डलरको भाउ बढेको छ। मंगलबार १ डलरको खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ थियो। आज यसको खरिद दर १३२.२३ रुपैयाँ र बिक्री दर १३२.८३ रुपैयाँ कायम भएको छ।

यस्तै, बुधबार युरोपियन युरोको भाउ भने घटेको छ। आज १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५५० रुपैयाँ कायम छ। मंगलबार १ युरोको खरिद दर १४४.९५ रुपैयाँ र बिक्री दर १४५.६१ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२१ र बिक्रीदर १६८.९७ रुपैयाँ कायम छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१६ र बिक्रीदर १६८.९३ रुपैयाँ थियो।

सम्बन्धित खबर