शेयर बजारमा दोहोरो अंकको सुधार


कृष्ण बुढाथोकी

मंगलबार, ०५ भदौ २०८०, दोलखा । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो।

उताबचढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर २ हजार १५ पुगेर थामियो। कारोबार भने डेढ अर्ब तलै खुम्चियो।

सबै समूहमा हरियाली छाउँदा वित्त समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको वृृद्धि आयो। जलविद्युत, उत्पादनमूलक र अन्य समूह डेढ प्रतिशत हाराहारीमा उकालो लागे। विकास बैंक, होटल तथा पर्यटन र निर्जीबन बीमा समूह पनि १ प्रतिशत हाराहारीमा उकालो लागे।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता शेयर १ अर्ब ३३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ। मंगलबार १ सय ८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ को घट्यो। मंगलबार पनि कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाउँदा इङ्वा हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशत कमाए।

सम्बन्धित खबर