नेपाली कांग्रेसका सांसद शुनिल शर्मा पक्राउ


कृष्ण बुढाथोकी

विहीबार, २५ साउन २०८०, दोलखा । नेपाली कांग्रेसका सांसद डा.सुिनल शर्मा पक्राउ परेका छन् ।

आज बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबीले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित भएका थिए। सांसद शर्मालाई के विषयमा पक्राउ गरेको भन्नेमा प्रहरीले खुलाएको छैन। यद्यपि उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा छानबिन गर्न पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा सांसद शर्माले सरकारको विरोध गर्दै आएका थिए।

सम्बन्धित खबर