रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन रहेको छ।
इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो।
सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।
यो लेख उपयोगी लाग्यो?
यदि तपाईंलाई यो सामग्री मूल्यवान लाग्यो भने, कृपया आफ्ना साथीभाइ
र परिवारसँग साझा गर्नुहोस्। तपाईंको एक सेयरले हामीलाई अझ राम्रो सामग्री सिर्जना गर्न
हौसला दिनेछ।