आइतबार, १० भदौ २०८०, दोलखा । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकाल ५ वर्षका लागि पुनः निर्वाचित हुनु भएको जिम्बाबे निर्वाचन आयोग जेडइसीले शनिवार घोषणा गरेको हो। जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३ र २४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गरे।

मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज सीसीसीका नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरे। जिम्बाबेको कानून अनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गरे।

जिम्बाबेका जनताले बुधवार र बिहीवार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए।

जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ।