आइतबार सेयर बजारको परिसूचक नेप्से १४.८१ अंक बढेको छ।
सो अंकको वृद्धिपछि परिसूचक २०८० अंकमा कायम भएको छ। कुल २ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो। ९१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रहृयो।
बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ र निर्जीवन बीमा उपसमूह २४१ अंक बढे। फाइनान्स १, उत्पादन १०, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह ०.१ अंक घटे।
