तीन दिनपछि बढ्यो नेप्से, लगानीकर्ताको आकर्षण व्यापारतिर


अनलाईन बुलेटिन संवाददाता

लगातार तीन दिन ५५.७२ अंकले घटेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा पुगेको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम पनि भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ पुगेको छ।

यस दिन २७१ वटा धितोपत्रको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेच भएको हो।

सम्बन्धित खबर