देशभर डेंगु संक्रमित संख्या १४ हजार नाघ्यो 


अनलाईन बुलेटिन संवाददाता

देशभर डेंगु भाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा अहिलेसम्म १४ हजार ३५७ जनालाई डेंगु संक्रमण देखिएको छ।

यस्तै, संक्रमण ७५ जिल्लामा फैलिएको छ भने १० जनाको मृत्यु भइसकेको छ। महाशाखाले मुगु र हुला बाहेक सबै जिल्लामा डेंगु भाइरसको संक्रमण फेला परेको जनाएको छ।

संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ। महाशाखाका अनुसार सुनसरीमा ७ हजार ४९५ जनामा डेंगु संक्रमण देखिएको छ। त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौंमा १९९ जना संक्रमित भइसकेका छन्। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो।

सम्बन्धित खबर