नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीले एक वर्षमै २ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ बढी रेमिट्यान्स पठाएका छन्।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशत वृद्धि भएको देखाएको हो।
सार्वजनिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। अघिल्लो आवमा रेमिट्यान्स आप्रवाह १० खर्ब ७ करोड ३१ लाख रुपैयाँ थियो।
अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशत बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशत बढेको थियो।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७ सय ४ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।
समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३४८ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।
