शुक्रबार, ०५ असोज २०८०, दोलखा। एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दै।

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ।

नेपाल र भियतनामबिचको खेल चिनको वेङ्झु ओलम्पिक स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ।

समुह ‘डि’ मा नेपाल र भियतनामसँगै जापान र बंगलादेश पनि रहेका छन् । जापान महिला विश्वकपको पूर्व च्याम्पियन हो भने भियतनामले पनि अष्ट्रेलिया र न्युजिल्याण्डमा हालै सम्पन्न महिला विश्वकप खेलेको थियो।

बंगलादेश पनि साफ महिला च्याम्पियनसिप विजेता टोली हो।