सोमबार, ०४ भदौ २०८०, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको जानकारी दिएका छन्।
हिजो आइतवार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाइएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङदेनले यस्तो जानकारी दिएका हुन्। लिङदेनले सरकार र प्रतिपक्षीदलबीच छलफल सकारात्मक भएको बताएका थिए। लिङदेनले आज सोमवार पुनः सर्वदलीय बैठक बस्ने र संसद अवरोध अन्त्य गर्ने निस्कर्ष निस्किने बताए। लिङदेनले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्षी दल पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्नसक्ने बताएका छन्।
त्यसैगरी बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने बारेमा सकारात्मक छलफल भएको बताए
प्रमुख सचेतक पाण्डेले आज सोमवार एक पटक बैठक बसेर संसद सुचारु गर्ने विषयमा सहमति हुने बताएका छन्।
© २०८२, अनलाईन बुलेटिन