बुधबार, २० भदौ २०८०, दोलखा। इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत महिला कर्मचारी बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ।
उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ। उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख छ।
प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ। भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो।
महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने वित्तिकै अँगालो हाल्छन् र चुम्वन गर्छन्। यस्तै, महिलाले पनि राईको गाला सुम्सुम्याउने गरेको देखिएको छ।
त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन्। अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ। गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए। म बिरामी भएर बसेको छु। केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ। यस बीचमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्, उनले भने।
