गत वर्ष प्रतिकिलो ३१ रुपैयाँले निकासी भएको अदुवा यसपटक १२० रुपैयाँ प्रतिकिलोका दरले निकासी भएको छ।
गत वर्ष साउनमा ६ करोड ९७ लाख ४१ हजार रुपैयाँबराबरको २१ हजार ८४७ क्विन्टल अदुवा निकासी भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
विभागका अनुसार यो वर्षको साउनमा २३ करोड २४ लाख ४४ हजार रुपैयाँबराबरको १८ हजार ९५६ क्विन्टल अदुवा भारत निकासी भएको हो।
गत वर्ष अदुवा प्रतिक्विन्टल ३ हजार २ सय रुपैयाँ हाराहारीमा निकासी भएको थियो भने यो वर्ष प्रतिक्विन्टल १२ हजार २ सय रुपैयाँभन्दा बढीले निकासी भएको छ।
त्यस्तै गत वर्ष साउनमा ६२ लाख ४० हजार रुपैयाँबराबरको ३९ हजार किलो सुठो निकासी भएकोमा गएको साउनमा १ करोड १ लाख ६७ हजार रुपैयाँबराबरको ४६ हजार ८५० किलो सुठो निकासी भएको छ।
सुठो गत वर्ष साउनमा १६० रुपैयाँ किलो र गएको साउनमा २१७ किलोले निकासी भएको छ।