दोलखामा गत आर्थिक बर्ष २०७९/८० मा एक सय ५५ जना वेपत्ता भएका छन् ।
बेपत्ता भएका मध्ये सवैभन्दा बढी महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत आर्थिक बर्ष १०१ जना महिला, २७ जना पुरुष र २७ जना बालवालिका गरी १५५ जना बेपत्ता भएका हुन् । बेपत्ता भएका २७ बालवालिकामा १५ जना बालक र १२ बालिका रहेका छन् । एक वर्षको अवधिमा बेपत्ता भएका १५५ जना मध्ये १२८ जना फेला परेका छन् भने २७ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार १७ जना महिला, ८ जना पुरुष र २ जना बालवालिकालाई अझै फेला पार्न सकिएको छैन । गत आर्थिक बर्ष दोलखावाट बेपत्ता भएका मध्ये ८४ महिला, १९ पुरुष र २५ जना बालवालिका फेला परिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरिक्षक (सई) दिनेश साहले जानकारी दिनुभयो । दोलखाका ९ स्थानीय तह मध्ये सवैभन्दा बढी भीमेश्वर नगरपालिकावाट ४६ जना मानिस बेपत्ता भएका थिए ।
दोलखामा गत आर्थिक बर्ष २०७९/८० मा एक सय ५५ जना वेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये सवैभन्दा बढी महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत आर्थिक बर्ष १०१ जना महिला, २७ जना पुरुष र २७ जना बालवालिका गरी १५५ जना बेपत्ता भएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दोलखावाट १८३ जना मानिस बेपत्ता भएका थिए । सो आर्थिक बर्ष १३१ जना महिला, २९ पुरुष र २३ जना बालवालिका बेपत्ता भएका थिए । युवती तथा महिलाहरु परिवारको सहमति विना विवहा गरी जाने, कतिपय महिलाले दोश्रो विवहा गरेर हिड्ने लगायतका कारण पनि बेपत्ता हुने महिलाको संख्या बढेको देखिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दोलखावाट १८३ जना मानिस बेपत्ता भएका थिए । सो आर्थिक बर्ष १३१ जना महिला, २९ पुरुष र २३ जना बालवालिका बेपत्ता भएका थिए । ति मध्ये ९० जना महिला, १७ जना पुरुष र २० जना बालवालिका फेला परेका थिए । अघिल्लो बर्ष हराएका मध्ये १२८ महिला, १२ पुरुष र ३ जना बालवालिका सहित १४३ जना अझै फेला पर्न सकेका छैनन् । दोलखावाट वर्षेनी मानिसहरु बेपत्ता हुने गरेका छन् । बेपत्ता हुनेमा महिलाको संख्या सवैभन्दा बढी रहेको छ । दुई वर्षको अवधिमा २३२ जना महिला बेपत्ता भएकोमा १७४ जना फेला परेका छन् भने ५८ महिला अझै बेपत्ता छन् । युवती तथा महिलाहरु परिवारको सहमति विना विवहा गरी जाने, कतिपय महिलाले दोश्रो विवहा गरेर हिड्ने लगायतका कारण पनि बेपत्ता हुने महिलाको संख्या बढेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले भने मानिसहरु बेपत्ता हुनुको मुख्य कारण गरिवी, अशिक्षा, आर्थिक अभाव, अपहेलना लगायतका कारण रहेको जनाएको छ । कतिपय मानिसहरु बाटो भुलेर पनि हराउने गरेका छन् । हराएका मध्ये कतिपय मृत अवस्थामा फेला पर्ने गरेका छन् भने धेरैजसो साथि वा आफन्तकोमा बसिरहेको वा वाटो बिर्सिएर अर्कै गन्तव्यतर्फ गईरहेको अवथामा फेला परेका छन् । कलिला स्कुले बालवालिकाहरु पनि हराउने क्रम बढ्दो छ । गाउँवाट भागेर जाने यस्ता बालवालिकाहरु काठमाडौैं उपत्यका लगायतका सहरका बिभिन्न भागमा बालश्रमीकको रुपमा रहेको समेत पाईएको छ ।