आइतबार, ३१ भदौ २०८०, दोलखा। मेलुङ गाउपालिकाको आयोजनामा आयोजित तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।



तिज बिशेष अबसरमा जोगाउ संस्कृति नबनाउ भड्किलो हटाउ बिकृती बोलको गितमा पालिका स्तरीय तिज बिशेष दोहोरी प्रतियोगितामा मलेङ गाउँपालिका वडा नं.१ पवटी प्रथम वडा नं.७ दितिय, वडा नं.३ तृतीय र वडा नं.२ले सान्तोना हुदै आफ्नो जित सुनिश्चित गरि पुरस्कार पाएका छ्न। प्रथम, दितीय, तृतीय र सान्तोनालाई क्रमश रु. १२०००, ९०००, ६०००, ३००० र सहभागिलाई दुई दुई हजार नगदका साथमा प्रमाणपत्र दिइएको थियो।



हिजो शनिबार भएको तिज विशेष प्रतियोगिता कार्यक्रम आयोजना गरि साथ दिने मेलुङ गाउपालिका, ब्यबस्थापन खटिनु हुने सम्पुर्ण राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, प्राविधिकमा सहयोग गर्नु हुने ईन्द्रजित भन्डारी, कलाकार मोहन तमाङ लगाएत सम्पुर्ण टिमको ठूलो सहभागी थियो।
