भदौ १० गतेदेखि रोयल इन्फिल्डको ‘एक्सचेञ्ज मेला’


अनलाईन बुलेटिन संवाददाता

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ कम्पनीले ‘एक्सचेञ्ज मेला’ आयोजना गर्ने भएको छ। कम्पनीले भदौ १० गतेदेखि १५ गतेसम्म उक्त मेला आयोजना गर्ने बताइएको छ।

मेलामा ‘स्पट एक्सचेञ्ज,’ ‘बेष्ट भ्यालुएशन’ र ‘स्पट फाइनान्स’को सुविधा हुने कम्पनीले जानकारी गराएको छ।

यस मेलामा ग्राहकहरूले पुरानो दुई पांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सक्नेछन्।

अल्फा अटोमोटिभले रोयल इन्फिल्डका क्लासिक ३५० सीसी र स्क्राम ४११ सीसी मोडलका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ।

सम्बन्धित खबर