सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरले आज (आइतबार) देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्तासहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गरेको हो।

सोमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो। सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि भदौ २४ गतेसम्म लम्बिनेछ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ।