आइतबार, १० भदौ २०८०, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। अहिले केहीबेरमा संसदीय दलको बैठक बस्न लागेको नेता धवलशमशेर राणाले जानकारी दिए।
संसदीय समितिको सभापति निर्वाचनलाई मध्यनजर गर्दै दलको बैठक बोलाएको सो पार्टीले जनाएको छ। दलहरुबीच राप्रपालाई विकास तथा पूर्वाधार समिति सभापतिको सभापति दिने सहमति भैसकेको छ।
दलहरुबीचको सहमतिपछि राप्रपाले मकवानपुरका सांसद दीपक सिंहले उम्मेदवारी दिने तयारी गरेका छन्। यसअघि सो समितिमा माओवादी केन्द्रका माधव सापकोटालाई सभापति बनाउने गठबन्धनको तयारी थियो।
सापकोटा यो समितिबाट आउट भएपछि अव माओवादीले कानुन समितिको मात्र नेतृत्व पाउने भएको छ।