सोमबार, ११ भदौ २०८०, दोलखा । लम्पी स्किनले गोठ नै रित्तिएपछि चिन्तित बनेका दोलखाका किसानले तीनै तहको सरकारबाट राहत पाउन नसकेको गुनासो गरेका छन्।

संघ, प्रदेश र स्थानीय सरकारले वेवास्ता गरेको उनीहरुको दुखेसो छ। दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका कृष्णबहादुर खड्काले लम्पी स्किन रोगका कारण एकैपटक पाँच वटा पशु मरेर गोठ रित्तिए पनि कुनै तहको सरकारबाट राहत नपाएको गुनासो गरे। कालिञ्चोक गाउँपालिका–७ सिमश्वाँरा ढुंगेका किसान राजु शिवाकोटीले रोगबाट प्रभावित किसानका लागि सरकारले नै वेवास्ता गरेपछि आफु चिन्तित भएको बताए।

दोलखामा लम्पी स्किनबाट ९ सय १७ वटा पशु मरिसकेका छन् भने ३७ हजार २८ वटा पशु संक्रमित भएका छन्। त्यसमध्ये २६ हजार ७ सय ५० वटा पशु संक्रमण मुक्त भएका छन्। लम्पी स्किनबाट गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढी १९ हजार ९ सय ५० वटा पशु संक्रमित र ७८ वटा मरेका छन्। पशुहरु धमाधम संक्रमित भइरहेकाले किसानलाई राहत दिने विषयमा तत्काल कुनै निर्णय नभएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए। यसका लागि संघ र प्रदेश सरकारको निर्णय कुरिरहेको उनको भनाई छ।

लम्पी स्किनले गोठ नै रित्तिएपछि चिन्तित बनेका दोलखाका किसानले तीनै तहको सरकारबाट राहत पाउन नसकेको गुनासो गरेका छन्। दोलखामा लम्पी स्किनबाट ९ सय १७ वटा पशु मरिसकेका छन् भने ३७ हजार २८ वटा पशु संक्रमित भएका छन्। त्यसमध्ये २६ हजार ७ सय ५० वटा पशु संक्रमणमुक्त भएका छन्। यता, दोलखाबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद भरत केसीले लम्पी स्किनबाट प्रभावित भएका किसानको समस्या प्रदेशसभा बैठकमा उठान गर्न नपाएको प्रतिक्रिया दिए। यस्तै, अर्का प्रदेशसभा सांसद कुन्दनराज काफ्लेले आफुहरुले शिर्ष नेताहरुलाई भेटेर लम्पी स्किन पीडित किसानलाई विशेष व्यवस्था गर्न माग गरे।

यस्तै, विगु गाउँपालिकामा ४ हजार ६७ वटा संक्रमित छन् भने सवैभन्दा बढी २ सय ५५ वटा पशु मरेका छन्। तर, यो पालिकाले पनि सामान्य औषधि वितरण गर्नु बाहेक किसानलाई राहत उपलब्ध गराउने विषयमा कुनै निर्णय गरेको छैन। विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीले लम्पी स्किन पीडित किसानको समस्या कसरी समाधान गर्ने भन्नेबारे छलफल गर्न बाँकी रहेको बताए। यता, दोलखाबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद भरत केसीले लम्पी स्किनबाट प्रभावित भएका किसानको समस्या प्रदेशसभा बैठकमा उठान गर्न नपाएको प्रतिक्रिया दिए। प्रदेशसभा बैठक नबसेका कारण किसानको समस्या उठान गर्न नपाएको उनको भनाई छ।

यस्तै, अर्का प्रदेशसभा सांसद कुन्दनराज काफ्लेले आफुहरुले शिर्ष नेताहरुलाई भेटेर लम्पी स्किन पीडित किसानलाई विशेष व्यवस्था गर्न माग गरे। प्रदेशसभा सांसदहरुले यस्तो बताएपनि किसानलाई राहत र क्षतिपूर्ति दिने विषयमा बागमती प्रदेश सरकारले कुनै निर्णय गरेको छैन। बागमती प्रदेशको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिव डा।शरण कुमार पाण्डेले यो रोगबाट प्रभावित भएका किसानलाई क्षतिपूर्ति दिने विषयमा संघीय सरकारको निर्णय कुरेर बसेको बताए। संघीय सरकारले किसानलाई दिने क्षतिपूर्तिका बारेमा कार्यविधि बनाएपछि प्रदेश सरकारले पनि कार्यविधि बनाएर सोही अनुसार अघि बढ्ने तयारी रहेको उनले बताए।

गत आर्थिक वर्षको अन्तिममा दोलखाका स्थानीय सरकारलाई लम्पी स्किन रोग नियन्त्रणका लागि दोलखाका स्थानीय सरकारलाई एक लाखका दरले रकम पठाए पनि सो रकम खर्च हुन नसकी संघीय सरकारकै खातामा फिर्ता गएको कोष तथा, लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ।