सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ।
पाँच दिनको स्थिरतापछि मंगलबार तोलामा ६ सय रुपैयाँ बढेर कारोबार मूल्य निर्धारण भएको थियो। त्यसमा पनि ८ सय रुपैयाँ बढ्दै बुधबार कारोबार मूल्य कायम भएको हो।
अघिल्लो दिनका तुलनामा ५ सयको बढोत्तरीपछि गत बिहीबार तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ भएको थियो। जुन मूल्य सोमबारसम्म स्थिर रहेर कारोबार भएको थियो। मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सय थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बलियो भएसँगै सुन तोलाको १ लाख १२ हजारबाट पनि माथि उक्लिएको हो।
गत साउनमा तोलाको १ लाख १३ हजारसम्म पुगेको सुनको मूल्य भदौमा भने बुधबारअघि १ लाख १२ हजारसम्म पुगेको थिएन।
चाँदीमा २० रुपैयाँको बढोत्तरी छ। बुधबार कारोबार मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ५ रुपैयाँ बढ्दा मंगलबार तोलाको १४ सय ६५ थियो।