जनकपुर उडेको बुद्धको एउटा जहाजमा प्राविधिक समस्या


अनलाईन बुलेटिन संवाददाता

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एउटा जहाजमा बुधबार प्राविधिक समस्या आएपछि फर्काएर यात्रुलाई अर्को जहाजमा पठाइएको छ।

नाइन एन-एजेओ कलसाइनको प्राविधिक समस्या आएको जहाजमा एमाले नेता ईश्वर पोखरेलसहित ६८ यात्रु सवार थिए।

जहाजमा समस्या आएपछि उक्त जहाजलाई फर्काएर काठमाडौं अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

सम्बन्धित खबर