सोमबार, २५ भदौ २०८०, दोलखा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरे।
ठूला पुँजीपतिहरुलाई खोजेर अर्वौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो। उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको उल्लेख गरे। पार्टीको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आईतवार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिवलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए। सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनु पर्ने उनको भनाई छ।
अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए।
