बुधबार, २७ भदौ २०८०, दोलखा। एक किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुबईबाट सुन तस्करी गरेर ल्याउने कार्यमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको हो। योसँगै एक किलो सुन तस्करी गरेको आरोपमा पक्राउ पर्ने तीन जना पुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर लैजान लागिएको बेला एक किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको थियो। पक्राउ परेका व्यक्तिको बयानका आधारमा अनुसन्धान गर्दा अन्य व्यक्तिको पनि संलग्नता खुलेपछि थप दुई जना पक्राउ परेका हुन्। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइने भएको छ।