मंगलबार, ०२ असोज २०८०, दोलखा। नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ। सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो।

यसको तयारी स्वरूप सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ। यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।

यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ।