आइतबार, १४ असोज २०८०, दोलखा। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट पाँच दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आउने भएकी छन्।
नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै अल्ब्राइट नेपाल आउन लागेकी हुन्।
एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन्।
एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि अल्ब्राइट नेपाल आउन लागेको बुझिएको छ।