बुधबार, २० मङ्सिर २०८०, दोलखा। एजेन्सी। रुसी सेनामा भर्ती भएका काभ्रेपलाञ्चोकका एक युवकलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ।
काभ्रेपलाञ्चोकका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो। उनी रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएको बेला नियन्त्रणमा लिइएको हो। सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका थिए। यस्तै, यसअघि पनि बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा थियो।
यसैबीच, ८ जना नेपालीले युद्धस्थल छोडेर फरार रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। जसमा चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा लगायत ८ जना रहेका छन्। यसको स्वतन्त्र पुष्टि भने नभएको मन्त्रालयले दाबी गरेको छ।
