शनिबार, २३ मङ्सिर २०८०, दोलखा। नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका अध्यक्ष दोलखा आउने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल दोलखा आउने भएका हुन्। पूर्ब प्रधानमन्त्री समेत रहेका ओली र नेपाल यही मंसिरको अन्तिम साता दोलखा आउने भएका हुन्। कम्युनिष्टको लालकिल्ला मानिने दोलखामा पाँच दिनको फरकमा दुई कम्युनिष्ट पार्टीका अध्यक्ष आउने भएपछि जिल्लामा राजनीतिक सरगर्मी बढेको छ। विगतमा एउटै पार्टीमा रहेका दुई प्रमुख नेताहरु पाँच दिनको फरकमा दोलखा आउने गरी कार्यक्रम तय हुनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ।

एमाले अध्यक्ष ओली यही मंसिर २५ गते झुलाघाट चिवाभन्ज्याङ विशेष अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा दोलखा आउने कार्यक्रम तय भएको छ भने नेकपा एसका अध्यक्ष नेपाल पार्टीको दशौँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा आउन लागेका हुन। एमाले अध्यक्ष जिल्लामा आउने भएपछि तयारी तीब्र पारिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल दोलखा आउने भएका हुन्। एमाले अध्यक्ष ओली यही मंसिर २५ गते झुलाघाट चिवाभन्ज्याङ विशेष अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा दोलखा आउने कार्यक्रम तय भएको छ भने नेकपा एसका अध्यक्ष नेपाल पार्टीको दशौँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा आउन लागेका हुन। नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल मंसिर ३० गते दोलखा आउने कार्यक्रम छ।

साथमा केन्द्रीय पदाधिकारी सहित करिब ३ सय नेता तथा कार्यकर्ता दोलखा आउने कार्यक्रम छ।

एमाले अध्यक्ष ओली काभ्रेपलाञ्चोकबाट स्थलमार्ग हुँदै मंसिर २५ गते दिउँसो दोलखा सदरमुकाम चरिकोट आईपुग्ने कार्यतालिका छ। अध्यक्ष ओली दोलखा आउने भएपछि जनसभा गर्ने तयारी छ। एमाले दोलखाले जिल्लाभरका नेता कार्यकर्ता तथा समर्थकलाई सदरमुकाम चरिकोट उतारेर जनसभा गर्ने तयारी गरेको छ। जसअनुसार सिन्धुपाल्चोकको सिमाना मुडेदेखि चरिकोट हुँदै मेलुको सितलीसम्म स्वागतद्धार निर्माण गरिनेछ भने जनसभाको दिन पन्चेबाजा सहित बिभिन्न जातजातीका झाँकी प्रदर्शन गर्ने एमाले दोलखाले जनाएको छ।

यसैबीच, नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल मंसिर ३० गते दोलखा आउने कार्यक्रम छ। अध्यक्ष नेपाल मंसिर ३० गते हुने नेकपा एस दोलखाको जिल्ला अधिवेशन उद्घाटनका लागि जिल्ला आउने भएका हुन। केन्द्रीय अध्यक्ष दोलखा आउने भएपछि नेकपा एसले अधिवेशनको भव्य तयारी गरिरहेको छ। सदरमुकाम चरिकोट हुने अधिवेशनमा नेकपा एसले पनि जिल्लाभरका नेता कार्यकर्ता र समर्थकलाई उतार्दैछ। नेकपा एस दोलखाका अध्यक्ष भीम प्रसाद दहालले जिल्ला अधिवेशनको तयारी भैरहेको र जनसभा सहितको अधिवेशन सम्पन्न गरिने जानकारी दिए।

नेकपा एमालेको जनसभा र एमालेबाट बिभाजन भएर बनेको नेकपा एसको जिल्ला अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ। केन्द्रीय अध्यक्ष र प्रभावशाली नेताहरुको उपस्थितीमा जनसभा र अधिवेशन मा बढीभन्दा बढी मानिस उतार्नका लागि दुबै दलले व्यापक तयारी गरिरहेका छन्। सो दिन एमाले र नेकपा एसले काठमाडौँ उपत्यकामा भएका नेता कार्यकर्ता र समर्थकलाई समेत दोलखा ल्याउने तयारी गरेका छन्।