ट्याक्टर दुर्घटनामा गम्भीर घाईते भएका एक युवकको मृत्यु


कृष्ण बुढाथोकी

आइतबार, १३ फागुन २०८०, दोलखा। दोलखाको तामाकोशी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाईते भएका चनौटेका एक युवकको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

तामाकोशी गाउँपालिका–३ चनौटेका ३२ बर्षिय बद्री मगरातीको उपचारको क्रममा हिजो साँँझ मृत्यु भएको हो। तामाकोशी गाउँपालिका–३ चनौटे स्थित भित्री सडक खण्डमा ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा चार जना घाईते भएका थिए। घाईतेमध्ये मगरातीदसहित दुई जनालाई थप उपचारको लागि हिजो काठमाडौँ रिफर गरिएको थियो।

यस्तै चालक रामेछापको गोकुलगंगा गाउँपालिका–५ फर्पुका अन्दाजी ३० बर्षिय टार्जन तामाङको धुलिखेलको शाखा अस्पताल किर्नेटारमा र तामाकोशी–३ जफेका ३६ बर्षिय हरी बिकको चरिकोट अस्पतालमा उपचार भइरहेको दोलखा प्रहरीले जनाएको छ। राप्चेबाट चनौटेतर्फ ढुंगा लोड गरी जाँदै गरेको लु ३ त ३९८७ नम्बरको ट्रयाक्टर अचानक ब्रेक फेल भई सडकको भित्तामा पल्टिँदा ट्याक्टर दुर्घटना भएको थियो।

सम्बन्धित खबर