बुधबार, ०९ साउन २०८१, काठमाडौँ। मंगलबार राति काठमाडौँमा भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ।
यससँगै सो क्षेत्रमा अलर्ट जारी भएको छ भने आसपासका क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा मेसेज पठाएर सचेत गराइएको छ।
महाशाखाले जल सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूलाई भोलि बिहान ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।
© २०८२, अनलाईन बुलेटिन