शुक्रबार, ११ श्रावण २०८१,,रामेछाप। रामेछापको लिखु खोलामा पानीको बहाव बढेको छ।गए राति आएको लगातारको भारी वर्षाले लिखु खोलामा पानीको बहाव बढेको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले रामेछापको लिखु खोलास्थित साँघुटार जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको जनाएको छ। जलसतहले सतर्कता पार गरेकाले आज बिहान १०ः५० सम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रामेछाप स्थित लिखु खोला बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरुमा रहेकाहरुलाई आज बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
© २०८२, अनलाईन बुलेटिन