budget 2083

काठमाडौं, जेठ २

चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त) सम्ममा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजनको ५९.७५ प्रतिशत मात्रै भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये हालसम्म ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको हो।

यस अवधिमा शिर्षकगत खर्च र आम्दानीको अवस्था निम्नानुसार छ:

बजेट खर्चको अवस्था
चालु खर्च: ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा ६८.९८ प्रतिशत अर्थात् ८ खर्ब १४ अर्ब ६५ करोड खर्च।

पुँजीगत (विकास) खर्च: ४ खर्ब ७ अर्ब ८८ करोड विनियोजन भएकोमा निराशाजनक २७.९१ प्रतिशत अर्थात् १ खर्ब १३ ​​अर्ब ८४ करोड मात्रै खर्च।

वित्तीय व्यवस्था: ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएकोमा ६५.३० प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब १ करोड) खर्च।

आम्दानी र राजस्वको अवस्था
खर्चसँगै सरकारको आम्दानी पनि लक्ष्य अनुसार हुन सकेको छैन। वैशाख मसान्तसम्म सरकारको कुल आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशत अर्थात् १० खर्ब १२ अर्ब ५ करोड रुपैयाँ मात्रै सीमित भएको छ।

राजस्व परिचालन: १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य रहेकोमा ६६.६९ प्रतिशत अर्थात् ९ खर्ब ८८ अर्ब ५५ करोड मात्रै असुली।

वैदेशिक अनुदान: ५३ अर्ब ४४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ३३.२८ प्रतिशत अर्थात् १७ अर्ब ७८ करोड मात्रै प्राप्त।