२०८० जेष्ठ ०९, मंगलबार
दोलखा । आफुले रोजेको मन्त्रालय नपाएसँगै वैशाख १० को उपनिर्वाचन अघि जनतम पार्टी संघीय सरकारबाट बाहिरिएको छ । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका जनमतका अब्दुल खानले आफुले राजेको मन्त्रालय नपाए पछि राजीनामा दिएका छन । जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग राखि रहेको थियो । तर, मन्त्रालय नपाए पछि राजीनामा दिएको जनमतले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिन बाकी नै रहेको छ ।
मधेसमा जसपा नेतृत्वको सरकारमा जनमत पार्टीको प्रतिनिधित्व छ । मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारीसँगै जनमत पार्टी अप्ठ्यारोमा परेको छ ।
ँ
सत्ता गठबन्धनमा रहेको जनमत उपराष्ट्रपतिको निर्वाचन देखि बारा २ को उपनिर्वाचनसम्म गठबन्धन विरुद्धको गतिविधिलाई लिई रहेको थियो । गठबन्धनलाई चुनौती दिँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध आफ्नो उम्मेदवार नै खडा गरेका थिए ।
अध्यक्ष यादव विरुद्ध मात्रै होइन उपराष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार जसपाका रामसहाय यादव विरुद्ध पनि राउतले आफ्नो उम्मेदवार खडा गरेका थिए । आफ्नो पार्टी विरुद्ध गतिविधि गरेको भन्दै जसपा र सो पार्टीका अध्यक्ष उपेन्द्र यादव राउत विरुद्ध चिढिँदै आएका थिए ।
केही दिनअघि जनकपुरधाममै आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष यादवले जनमत पार्टीलाई गठबन्धनमा राख्ने वा नराख्ने भन्नेबारे शीर्षस्थ तहमा छलफल भइरहेको अभिव्यक्ति नै दिएका छन ।
