सोमबार, १५ असोज २०८०, bf]nvf. संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ।
दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधबार बस्ने समितिको बैठकमा मन्त्री ज्वाला सहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो।
दशैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौं उपत्यकाबाट घर जाने सबैलाई यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले तहसनहस बनाएका सबै सडकहरु पुन र्निर्माणको काम छिटो सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताP।
समितिको बैठक असोज १७ गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा मन्त्री ज्वाला समक्ष समितिका सदस्यहरुले दशैं, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरुका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ।
