चिनियाँ व्यवसायी तथा अलिबाबा समूहका संस्थापक एवं कार्यकारी अध्यक्ष ज्याक मा नेपाल आएका छन्।

मंगलबार दिउँसो बोइङ ७३७ म्याक्स प्राइभेट जेट विमानमार्फत चिनियाँ अर्बपति ज्याक मा नेपाल आएका हुन्।

ज्याक मा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका हुन्। उनी चढेको विमान दिउँसो १:३९ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। ज्याक किन नेपाल आए भन्ने खुल्न सकेको छैन। उनी बिहीबार पाकिस्तान जाने बुझिएको छ।

नेपालमा तीन दिन रहँदा उनी चितवनको मेघौली पनि पुग्नेछन्। एक महिलासहित ७ जनाको समूहमा आएका उनीहरु काठमाडौंमा रहँदा होटल द्वारिकाजमा बस्नेछन्। दिउँसोको खाना भने उनीहरुले होटल म्यारियटमा खाएका थिए।