विहीबार, ०४ साउन २०८०
दोलखा । सङ्गठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ। राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेतासमेतलाई समेटेर जिम्मेवारी तोकेको हो।
जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म सङ्गठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने राप्रपाको भनाइ छ। केही दिनअघि बसेको राप्रपाको बैठकले एक वर्षभित्र दुई लाख सदस्य थप्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो।
कार्य विभाजनअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत धरान उपमहानगरपालिकाको जिम्मेवारी लिएका छन्।
