बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ थोरै घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३०.८८ रुपैयाँ र बिक्रीदर १३१.४८ रुपैयाँ कायम भएको छ।

बिहीवार एक अमेरिकी डलरको खरिददर १३१.०६ रुपैयाँ र बिक्रीदर १३१.६६ रुपैयाँ कायम भएको थियो।

त्यस्तै, युरोपियन युरोको भाउ पनि घटेको छ। शुक्रवार एक युरोपियन युरोको खरिददर १४६.६२ रुपैयाँ र बिक्रीदर १४७.३० रुपैयाँ तय गरिएको छ। बिहीबार एक युरोपियन युरोको खरिददर १४७.१० रुपैयाँ र बिक्रीदर १४७.७८ रुपैयाँ थियो।

शुक्रबार एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६८.८३ र बिक्रीदर १६९.६० कायम भएको छ। बिहीबार एक बेलायती पाउण्ड सटर्लिङको खरिददर १६९.४९ रुपैयाँ र बिक्रीदर १७०.२७ रुपैयाँ थियो।