हरेक बिहान उठ्नसाथ ओछ्यान सफा गर्नुस्। अनुहार धुन कहिल्यै नबिर्सनुस्। यसले तपाईको दिमागलाई जगाउँछ।

कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन्। नियमित रूपमा शौचलय जाने बानी बसाल्नुस। तर बिहान उठेर मन तातो पानी पिउनुस।

केही मिनेटको लागि नरम संगीत वा भजन सुन्नुस्। यसले तपाईंलाई शान्त पार्नेछ र सकारात्मक ऊर्जा उत्पन्न गराउनेछ। दिनको लागि निर्धारित सबैभन्दा महत्त्वपूर्ण कार्यहरूको बारेमा सोच्नुस्। तिनीहरूलाई पूरा गर्ने लक्ष्य राख्नुस्। केही मिनेट ध्यान गर्नुस्।

सरल शब्दहरूमा,आफ्नो आँखा बन्द गर्नुस्। र केहि पनि सोच्नुस्। सकेसम्म बिहानै योगा गर्ने बानी बसाल्नुस। नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त हुन्छ। यसले शरीरको रोग प्रतिरोधी क्षमतामा पनि सुधार गर्छ।

थोरै समय निकालेर ‘मर्निङ वक’ गर्नुस। हिडेपछि सानो व्यायामले पनि तपाईंको शरीरलाई उर्जा दिन्छ र यसलाई कार्यमा बदल्छ। तपाईंले मन पराउने मानिसहरूलाई अभिवादन गर्नुस्। तिनीहरूलाई खुसी र मायालु बनाउनुस्।

दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन्। त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ।

विभिन्न अनुसन्धान हेर्ने हो भने नियमित हिड्ने बानीले मानिसको आयुसमेत बढ्छ। यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ।

कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ। यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन्। तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ।

यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन्। बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ। हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ। यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ। मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ।

जीवनमा आफ्नो लक्ष्य बारे सोच्नुस्। आफैलाई भन्नुस कि तपाईं आफ्नो लक्ष्यलाई पाउन आफुले सर्वोत्तम दिनुहुनेछ। र आफ्नो दिन सुरु गर्नुस्।