सोमबार, २२ साउन २०८०, दोलखा । सिन्धुलीमा लागु औषधको साथमा दोलखाका एक सहित ५ जना पक्राउ परेका छन्।

कमलामाई नगरपालिका ९ बसपार्क स्थित बि.पि. लोकमार्गमा चेकजाँच गर्ने क्रममा लागु औषधको साथमा दोलखाका एक सहित ५ जना पक्राउ परेका हुन्। बा ६७ प ६३४१ नम्बरको मोटरसाकल चालक दोलखाका भिमेश्वर नगरपालिका ५ का २१ वर्षीय ईश्वर गजुरेल ५८ पिस टयाबलेट लागुऔषसहित पक्राउ परेका हुन्। यस्तै, प्रदेश नं २ ०२ ००४ प ६७४६ नम्बरको मोटरसाइकलमा सवार कमलामाई नगरपालिका १२ का २७ वर्षीय चुक्त बहादुर राउतको साथबाट ६० पिस लागुऔषध, बागमती प्रदेश–०२ ०३७ प ५७२१ नम्बरको मोटरसाइकल चालक कमलामाई नगरपालिका ५ का बिनोद कुमार दियाली १५ पिस लागु औषध सहित पक्राउ परेका छन्।

यसैगरी, मधेश प्रदेश नं ०२ ००७ प १४५ नम्बरको मोटरसाइकल चालक सिराहाका २७ वर्षीय गणेश ठाकुर एक्स्प्लोन लेखिएको एक सय मिलि लिटरको २ बोतल लागुऔषध, मधेश प्रदेश ०२ ००७ प ९६५ नम्बरको मोटरसाइकल चालक उमेश कुमार मुखियाले लगाएको कपडामा लुकाएर राखेको १० पिस टयाब्लेट लागु औषधसहित पक्राउ परेको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका थिए।

उहाँका अनुुसार बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बेला उनीहरुलाई चेकिङको क्रममा पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।