
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबार प्रदेशसभा भवनमा चालु वर्षभन्दा २ अर्ब १६ करोड घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले चालु वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो।
