बुधबार, २४ साउन २०८०, दोलखा । लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत सिन्धुपाल्चोकको बाह्र किलो भन्ने ठाउँमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ।
हिजो मङ्गलबार दिउँसो काठमाण्डौबाट दोलखा तर्फ आइरहेको बा ३ ख ५३०८ नम्बरको यात्रुबाहक बसले दोलखाबाट काठमाण्डौ तर्फ गइरहेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विश्वराज श्रेष्ठको मृत्यु भएको हो।
