नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
सोमबार अमेरिकी डलरको भाउ स्थिर छ। आइतबार १ डलरको खरिद दर १३२.२६ रुपैयाँ र बिक्री दर १३२.८६ रुपैयाँ थियो। सोमबार पनि सोही दर कायम छ।
यस्तै, सोमबार युरोपियन युरोको भाउ घटेको छ। आज १ युरोको खरिद दर १४४.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ कायम भएको छ। आइतबार १ युरोको खरिद दर १४५.२५ रुपैयाँ र बिक्री दर १४५.९१ रुपैयाँ कायम थियो।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६७.९२ र बिक्री दर १६८.६८ रुपैयाँ पुगेको छ। आइतबार १ पाउण्डको खरिद दर १६७.९६ र बिक्री दर १६८.७३ रुपैयाँ कायम थियो।
