आइतबार, ०३ भदौ २०८०, दोलखा । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने भएको छ।
सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो। बालुवाटार स्थित ललिता निवास जग्गा प्ररकणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि भने अनुसन्धान नहुने भएको छ।
भट्टराई र नेपालको मन्त्रिपरिषद्बारा निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने निर्णयमा सिआइबी पुगेको हो। सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएकोमा सत्ता गठबन्धनको दबावमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको हो।
सीआइबीले उनीहरुलाई बयानका लागि बोलाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा बयान रोकिएको हो।
