पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी, राजनीतिक तथा गैर राजनीतिक सङ्गठनहरूले शुक्रबार इन्जिनियरिङ पढाईको शुल्क नबढाउन माग गर्दै प्रर्दशन गरेका छन्।

उनीहरुले सरकारले इन्जिनियरिङ पढाईको शुल्क १४० प्रतिशतसम्म बढाउन लागेको भन्दै त्यसलाई रोक्नुपर्ने र शुल्क घटाउनुपर्ने आफूहरुको माग रहेको बताए।

विद्यार्थीहरूले विरोध कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सुरु गरी माइतीघरसम्म गरेका थिए।